Logo

‘कोभिड रिलिफ नेपाल’ अभियान सुरु



काठमाडाैं, २५ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान आइतबारदेखि सञ्चाल गर्ने भएको छ ।विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्गर्तत सो कार्य थालनी गर्न लागेको हो । यो अभियान अन्तरगत पहिलो कार्यक्रमको रूपमा हेल्लो डाक्टरको शुभारम्भ हुने छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियान अन्तरगत थप अन्य कार्यक्रम समेत ल्याउने तयारीमा महासंघ रहेको छ ।

हेल्लो डाक्टर कार्यक्रममा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् । कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्नेछन् ।

हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित विरामी र डक्टर बीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ । प्रारम्भमा ५ जना डाक्टरबाट परामर्शको कार्य थालनी गरिने छ ।

त्यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ । नाम दर्ता गर्न विरामीले भाइवर नम्वरमा म्यासेज गरी सोही म्यासेजका आधारमा डाक्टरसंगको परामर्शको समय विरामीलाई पठाइने महासंघले जनँएको छ ।

रोग संक्रमितलाई प्रविधिको प्रयोग मार्फत डाक्टरसंग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरुप यो कार्यक्रमको थालनी गरिएको हो । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसंग परामर्श गर्न पाइने हुँदा कोभिड संक्रमित विरामीमा देखिने चिन्तालाई कमी गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाको छ । उनले यो अभियानबाट बढी भन्दा बढी लाभ उठाउन सबैमा अपिल गरेका छन ।



प्रतिक्रिया दिनुहोस्