Logo

कोरोनाविरुद्ध लड्न नेपाललाई सक्दो सहयोग गर्नेछौँ : चीन



काठमाडौं, २५ वैशाख । चीनले कोरोनाभाइरस रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति गर्ने बताएको छ । शुक्रबार चिनियाँ विदेश मन्त्रालयद्वारा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले यस्तो घोषणा गरेका हुन् ।

कोरोनाको दोस्रो लहरका कारण नेपालमा सिर्जिएको स्वास्थ्य संकटबारे चीन जानकार रहेको बताउदै उनले आवश्यक सहयोग गर्न तयार रहेको बताए । यस सन्दर्भमा उनले भने, ‘कोभिड महामारीविरुद्ध नेपाललाई चाहिने सबै स्वास्थ्य सामाग्री संकलन भएको छ र हामी चाँडै आपूर्ति गर्न तयार छौँ ।’

उनले छिमेकी र रणनीतिक साझेदार मित्रको हैसियतले चीन र नेपालले सहकार्यको हात अघि बढाएको र महामारी सुरु भएयता दुई मुलुकबीच मित्रताको नयाँ अध्याय सुरु भएको पनि बताए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्