Logo

‘प्रेम’



विल्ली लामिछाने

लाएर कहिले नसिद्धिने, दिएर पनि नरित्तिने
आहा! कस्तो आनन्द, अनौठो छ यो
तन,मन लाई पवित्र बनाई दिने।

शब्द रूप अनेक छ यो, मायाँ मोह भनिने
गन्न लागे नगनिन्छ यो,
जोख्न पटक्कै नसकिने ।

छाम्न लागे कहाँ छामिन्छ र, बाँध्न पनि नसकिने
भवनाको सागरमा वहन्छ भन्थे यो
देख्न पटक्कै नसकिने।

निराकार , निश्छल भएर भावनामा वहकिने
जति दिए उति बढ्छ यो
घट्न त पटक्कै नघटिदिने।

म भित्र पनि छ , तिमी भित्र पनि बसिदिने
मात्र अनुभव गर कति मीठो छ यो
संसार स्वर्ग तुल्याइई दिने।



प्रतिक्रिया दिनुहोस्