Logo

अक्सिजन उत्पादक कम्पनीमा आइजीपी छड्के हान्न पुगेपछि…



काठमाडौं, २५ वैशाख । अक्सिजन उत्पादक कम्पनीहरुमा सरकारले निगरानी बढाएको छ । कम्पनीमै पुगेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीसहितको टोलीले निगरानी गरेका हुन् ।

आज ललितपुरको महालक्ष्मी ८ विष्णुडोलस्थित अक्सिजन उत्पादक कम्पनी सोपानमा नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले छड्के निगरानी गरेका हुन् । उनीहरुले सुरक्षा व्यवस्थाबारे पनि जानकारी लिएका थिए ।

कम्पनीको अक्सिजन उत्पादन देखि सुरक्षा अवस्था बुझेका थिए । २४सै घन्टा सोपानमा अक्सिजन उत्पादन भइरहेको छ । अक्सिजन उत्पादनभन्दा खाली सिलिन्डरको अभाव भएको बुझिएको छ । यसअघि सोपानले ४ हजारभन्दा बढी सिलिन्डर भर्ने गरेकोमा आधाभन्दा कममात्र सिलिन्डर भेटिएपछि कवाडीले अन्तै पुर्याएको आशंका गरिएको छ । अहिले प्रत्येक सिलिन्डरमा ट्याग लगाइएको छ ।

पछिल्लो समय अक्सिजन सिलिन्डर लुकाउने देखि कालोबजारी सम्मको विषय बाहिर आएपछि सरकारले निगरानी बढाएको हो ।

अक्सिजन उत्पादक कम्पनीहरुमा प्रहरी सुरक्षा कडा पारिएको छ । अक्सिजन आपूर्तिबारे समेत सरकारले तथ्यांकसहित निगरानी राखेको छ ।



प्रतिक्रिया दिनुहोस्