Logo

कोभिड विशेष अस्पताल बनाउने कार्यविधि पारित, संसद्को विधेशन अधिवेशनलगत्तै बजेट अधिवेशन बोलाउने



काठमाडौं, २५ बैशाख । मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको बैठकले कोभिड विशेष अस्पताल बनाउने कार्यविधि पारित गरेको छ । सो निर्णयअनुसार अब वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाईने भएको हो ।

त्यस्तै, यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि नियमित अविधेशन बोलाउन सिफारिश गरेको छ । आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । त्यसको लागि बजेट अधिवेशन बोलाउन सिफारिश गरिएको एक मन्त्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्