Logo

सुर्य थापालाई दोस्रोपटक कोरोना संक्रमण



काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई दोस्रोपटक संक्रमण भएको हो ।

थापाले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफूलाई दोस्रोपटक कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । यसअघि कोरोना महामारीको पहिलो लहरमा थापालाई पोजेटिभ देखिएको थियो ।

थापाले ट्वीटरमा लेखेका छन्ः दाेस्राेपटक पाेजिटिभ ! टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्