Logo

प्रमुख दलका नेताहरुलाई पूर्वमन्त्री पासवानको आग्रह : ‘बाँचे राजनीति गरौंला, अहिले कोरोनाविरुद्ध एकजुट भएर जुधौं’



काठमाडौं, २५ बैशाख । बहुजन शत्ति पार्टी, नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले प्रमुख दल र यसका नेताहरुलाई कोरोना महामारी नियन्त्राको लागि जिम्मेवार बन्न र सोहीअनुसार आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारीको बेला सरकार गिराउने र बनाउने खेलमा नलाग्नसमेत आग्रह गरेका छन् । बरु, सबै दल मिलेर कोरोनाविरुद्धको लडाई लड्नुपर्ने र जित हाँसिल गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

आज साँझ सामाजिक सञ्जाल फेशबुकमा लामो स्टाटस लेख्दै पासवानले यस्तो बताएका हुन् । उनले भनेका छन्-‘मुलुक यतिवेला कोभिड–१९ (कोरोना भाइरस) महामारीको चपेटामा छ । तर, देशका प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु भने सरकार गिराउने र बनाउने फोहोरी खेलमा व्यस्त छन् । सरकारको काँधमा खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको काँधमा महत्वपूर्ण जिम्मेवारी छ । कोरोना महाव्याधिविरुद्ध लड्नको लागि सिंगो मुलुक र जनतालाई एकताबद्ध बनाउनु प्रधानमन्त्रीको दायित्व हो । तर, उहाँ आफ्नो दायित्वबाट दिनादिनु च्यूत हुँदै गएको मेरो अनुभुति छ ।’

त्यतिमात्रै होईन, उनले कोरोनाको दोस्रो लहर देखेर अन्तर्राष्ट्रिय मिडिया जगतले समेत नेपालको बारेमा चिन्ता र चासो व्यक्त गरिरहेको उल्लेख गर्दै यस्तो विषम र भयावह परिस्थ्तििमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने पनि धारणा राखेका छन् ।

हेरौं उनको स्टाटस :



प्रतिक्रिया दिनुहोस्