Logo

५४ करोड लागतमा औद्योगिक ग्राम निर्माण हुँदै



धनकुटा, बैशाख २६। धनकुटाको पाख्रिबास नगरपालिकामा ५४ करोड रुपैयाँको लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । संघीय सरकारको ‘एक स्थानीय तहः एक औद्योगिक ग्राम’ नीति अनुसार नगरपालिकाको वडा नं ७ राम्चेडाडामा ११७ रोपनी क्षेत्रफल जग्गामा उद्योग मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत निर्माण सो औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो ।

औद्योगिक ग्रामको संघीय सांसद राजेन्द्रकुमार राईले बिहीवार शिलान्यास गरेका छन् । उक्त अवसरमा सांसद राईले देशलाई आर्थिक रूपमा समृत बनाउन कलकारखाना, उद्योगधन्दा खोल्न आवश्यक रहेको बताए । बेरोजगार युवालाई रोजगार दिन संघ, प्रदेश र स्थानीय सकारले नीति बनाएर हरेक स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिरहेको भन्दै उनले सरकारको नीति अनुसार नै पाख्रिबास नगरपालिकामा पनि औद्योगिक ग्राम स्थापना गर्न लागिएको जानकारी दिए ।

औद्योगिक ग्रामका लागि पहिलो चरणमा १ करोड २५ लाख रुपैयाँ बराबरको ठेक्का खुलेको पाख्रिबास नगरपालिका प्रमुख वृषबहादुर राईले बताए । उक्त बजेटबाट भवन, बाटो निर्माण गरिने जानकारी उनले दिए । औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको र चालू आर्थिक वर्षमा पहिलो चरणको निर्माण गरिने उनको भनाइ छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot