Logo

अविश्वास प्रस्ताव दर्ता गर्न कांग्रेस सांसदको दबाब



काठमाडौं, बैशाख २६ । प्रमुख प्रतिपक्ष कांग्रेसमा वैकल्पिक सरकार निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वास प्रस्ताव दर्ता गराउनुपर्ने मत सशक्त बनेको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको प्रस्तावको एजेन्डालाई लिएर शनिबार बसेको पार्टीको संसदीय दल बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजान जोड दिएका हुन् ।

विश्वासको मत नपाउनेबित्तिकै प्रधानमन्त्री ओली राष्ट्रपतिको सहयोगमा संविधानको धारा ७६ ९३० अनुसार अल्पमतको सरकार बनाउने बाटोमा अघि बढ्न सक्ने भन्दै सांसदहरूले त्यसलाई रोक्न अविश्वास प्रस्ताव दर्ता गराउनुपर्ने बताएका हुन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्