Logo

आइतबार सुनको मुल्य कतिले बढ्यो ?



काठमाडौं, २६ बैशाख । केही दिन यता नेपाली बजारमा सुनको मुल्य बढिरहेको छ । आज सामान्य अंकले सुनको मुल्य बढेको हो ।

शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको छ । यसैगरी चाँदीको ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्