Logo

अक्सिजन अभावमा अस्पताल बन्द, सरकार सत्ताको खेलमाः नेवि संघ महामन्त्री तिमल्सिना



‘कोरोना नियन्त्रणमा छ’ भन्दै प्रम द्वारा अन्तर्राष्ट्रिय समुदाय समक्ष झुटो दाबी ।

काठमाडौं, २६ बैशाख । अक्सिजन ग्यासको अभाव भएको भन्दै काठमाडौँका अस्पतालहरुले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाउदा पनि सरकार गम्भीर बन्न नसकेको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । कोरोना सन्क्रमित बिरामिको निम्ति अत्यावश्यक अक्सिजन अभाबमा बिरामिले ज्यान गुमाउन बाध्य हुँदा सरकार त्यसको ब्यबस्थापनमा भन्दा सत्ताको झिनाझम्टिमा ब्यस्त हुनु अत्यन्त दुःखद भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै अक्सिजन ग्यासको अभाव भएको भन्दै काठमाडौँका मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,अल्का अस्पताल लगाएतले एक विज्ञप्ति जारी गरेर अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सिर्जना भएको जनाएको र अस्पतालले शनिबारदेखि अक्सिजनको नियमति आपूर्ति नभएसम्म सिमित शय्यामात्र सञ्चालन ल्याएर सेवा प्रदान गरिने जानकारी दिएको अबस्थामा अस्पताल र बिरामी लाई अक्सिजन,बेड,आइसियु,भेन्टिलेटर, खोप,औषधि र स्वास्थ उपकरण समेतको अभावमा नागरिक छटपटिइरहेको अबस्थामा सरकारको ध्यान सत्ता जोगाउने,अध्यादेश जारी गर्दै संबैधानिक परिषद मार्फत आफ्ना मान्छेहरुको नियुक्ति गराउने, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री र मन्त्रीकै संरक्षकणमा अकुत भ्रष्टाचारमा लिप्त हुनुले राज्यलो प्राथमिकता के हुने भन्ने छर्लङ्ग भएको बताएका छन् ।

अर्कोतर्फ परीक्षण गरेकामध्ये झण्डै ५० प्रतिशतको संक्रमण, हरेक दिन ९ हजार हाराहारी नयाँ संक्रमित थप र ५० भन्दा बढिको मृत्यु । ससर्ती तथ्याङ्क हेर्दा देखिने नेपालको कोरोना तस्वीर यही हो, यस्तो बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सीएनएन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ‘कोरोना नियन्त्रणमा छ’ भन्दै झुटो दाबी गरेका छन् ,जुन अत्यन्त आपत्तिजनक रहेको संघका महामन्त्री तिमल्सिनाले बताएका छन ।

यसले नेपालको वास्तविक अवस्था अन्तर्राष्ट्रिय समुदायलाई सुनाएर सहयोग प्राप्त गर्ने अवसर प्रधानमन्त्रीले गुमाएका छन् ,यही अवस्था रहने हो भने ठूलो मानवीय क्षति हुनसक्छ त्यसैले अन्तराष्ट्रिय सुमदायलाई मेडिकल सपोर्ट माग्नुपर्छ र भारतलाई पनि औषधि र स्वास्थ्य सामाग्रीको आपूर्ति नरोक्न भन्नुपर्ने र खोपका लागि अन्तराष्ट्रिय समुदायसँग पहल गर्नुपर्ने स्थिति आएको छ ू महामन्त्री तिमल्सिनाले बिज्ञप्ति मार्फत रोष प्रकट गरेका छन ।



प्रतिक्रिया दिनुहोस्