Logo

माधव पक्षीय सांसदहरु हिराचन्द्र केसी र गंगा चौधरीद्वारा राजीनामा दिन अस्वीकार



काठमाडौं, २६ वैशाख । नेकपा एमालेका सांसदहरु हिराचन्द्र केसी र गंगा चौधरीले राजीनामा दिन अस्वीकार गरेकाछन् । माधव नेपाल पक्षीय सांसदका रुपमा परिचित उनीहरुले राजीनामा दिन अस्वीकार गरेका हुन् ।

नेपाल समूहका ३३ जना सांसदहरुले राजीनामा दिने खबरहरु आइरहँदा सांसदद्वय केसी र चौधरीले पार्टीमै बसेर अन्तसंघर्ष गर्ने बताएका छन् । उनीहरुले व्यक्तिका लागि राजीनामा नदिने भन्दै ब्याक भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने सबै विकल्प बन्द गर्न एमालेको माधव नेपाल समूहको २२ प्रत्यक्ष र ११ समानुपातिकतर्फका सांसदहरुले राजीनामा दिने तयारी गरेका थिए । दुई सांसद पछि हटेपछि माधव नेपाल समूहबाट राजीनामा दिन तयार भएका सांसद संख्या प्रत्यक्षतर्फ २१ र समानुपातिकतर्फ १० देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्