Logo

कोरोना संक्रमण कम गर्न दैनिक कति पटक वाफ लिने ?



एजेन्सी, २६ बैशाख । कोरोना संक्रमणबाट जोगिनलाई मानिसहरुले  सम्भव भएसम्मका प्रयास गरिरहेका छन् । घरमै बसेर योगा, प्रणायाम, ध्यान, कोभिड–१९ को नियम पालना जस्ता सबै कार्य गरिरहेका छन् । यसको साथै विशेषज्ञहरुले नियमित रुपमा वाफ लिन सल्लाह दिइरहेका छन् । वाफ लिँदा श्वास प्रणाली ठिक रहन्छ । साथै भाइरसको संक्रमण फोक्सोमा पुगेको भएपछि संक्रमण कम गर्न मद्दत पुग्छ ।

कसरी लिने वाफ ?
सहि तरिकाको जानकारी बिना केही मानिसहरुले वाफ लिइरहेका छन् । यदि हामीले वाफ लिन्छौ भने घाँटी र श्वास नलिको अन्तिम विन्दुमा पुर्याउनु पर्छ । यसबाट धेरै लाभ मिल्छ । यसको साथै वाफ लिँदा मुख खोलेर लिनुपर्छ । यसरी वाफ लिँदा मुखको भित्रि भागमा पनि लाभ मिल्छ ।

कहिले लिने वाफ ?
विशेषज्ञको अनुसार कम्तीमा पनि एक दिनमा ३ देखि ४ पटकसम्म लिनुपर्छ । वाफ लिनेको समयावधि ३ देखि ४ मिनेटको राख्नुपर्छ । यसरी मिलाएर गर्दा भाइरसको प्रभाव कम पर्छ । यदि तपाईलाई वाफ लिनेमा कुनै समस्या भएमा डाक्टरसँग सल्लाह गर्नुपर्छ । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्