Logo

दैनिक अदुवा र महको प्रयोगले घाँटीको संक्रमण हट्ने



एजेन्सी, २६ बैशाख । यस्ता केही प्राकृतिक औषधीहरु छन्, जसले धेरै प्रकारका रोग र संक्रमणबाट जोगाउछन् । यस्ता चिज हाम्रै घरको भान्छामा पाइन्छन् । तर हामीले राम्रोसँग प्रयोग गरेका हुँदैनौ ।

यस्तै चिज मध्ये एक हो अदुवा र मह । यी दुईको मिक्षणले हाम्रो सास सम्बन्धि समस्याहरुको साथै घाँटीको दुखाई तथा संक्रमण जस्ता रोगको उपचार गर्न सक्छ । यस्ता घरेलु औषधीबाट समस्याको समाधान घरभित्र आरामले बसेर गर्न सक्छौ ।

पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यदि तपाईलाई घाँटी सम्बन्धि समस्या छ भने यसको सेवन गर्दा छुटकारा पाइन्छ । मह र अदुवामा आ–आफ्नै विशेष गुण पाइन्छन् । दुवैले चमत्कारीक फाइदा दिन्छन् । यीनीहरुको प्रयोगले स्वास्थ्यमा धेरै फाइदा हुन्छ ।

एक चम्चा अदुवाको जुस लिने । अदुवाको जुसमा १ चम्चा मह मिसाएर खानाले घाटीको इन्फेक्सनबाट राहत पाउन सकिन्छ । दुईको मिश्रण भएको यो जुसमा एंटीइंफ्लामेट्री र एंटीअक्सीडेन्ट गुण हुन्छ जसको कारण धेरै प्रकारका फाइदा हुन्छ । यसको मिश्रणले कफ, चिसो र नाकमा भएको समस्यालाई पनि ठिक पार्छ । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्