Logo

ओलीमाथि भीम रावलको आरोप :  देशव्यापी रुपमा गुटबन्दी गर्ने, र चर्को रुपमा त्यो पैसा कहाँबाट आयो असिमित ?



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान, संविधान सबै कुल्चिएर हिँडेको आरोप लगाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ओली पार्टी एकताको लागि गम्भिर नभएको आरोप लगाए । उनले आफूहरु निर्णायक कदम चाल्नुपर्ने पक्षमा उभिएको सुनाए । उनले भने,‘हामी अन्तिम पाईला चाल्नुभन्दा अघि हामी स्थायी कमिटी सदस्यहरु छलफलमा बस्छौं । हामी अझैपनि पार्टी एकताको लागि प्रयास गर्छौं । तर, हुँदै भएन भने अब निर्णायक कदम चाल्नपनि तयार छौं ।’ रावलले आजै आफूहरु एउटा निश्कर्ष र निर्णयमा पुग्ने पनि दाबी गरे ।

उनले हिजो पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेपछि अध्यक्ष ओलीले ‘अब पार्टी विधि र विधानअनुसार चल्छ’ भनेर भनेको पनि स्मरण गराए । उनले भने–‘उहाँले त्यतिवेला हामी लोकतन्त्रको रक्षा गर्छौं, श्रमजिवी जनताको हितमा काम गर्छौं, नेपाली जनताको हितमा काम गर्छौं, राष्ट्रिय स्वतन्त्रता र अखण्डताको पक्षमा काम गर्छौं । असमान सन्धि र सम्झौताहरुलाई अस्विकार गर्छौं भनेर जुन नेपालको संविधानले दिएको मार्गनिर्देशनअनुसार त्यसलाई आत्मसात् गर्छु भन्नुभएको थियो । तर, उहाँ लगातार पार्टीको बैठक नगर्ने, संविधानका ती मर्महरु मिच्ने, पार्टी विभाजनको लागि मदन भण्डारी फाउण्डेनशनमार्फत देशव्यापी रुपमा गुटबन्दी गर्ने, र चर्को रुपमा त्यो पैसा कहाँबाट आयो अससिमित ? अनेक ठाउँमा पैसा नगद वितरण गर्ने, यस्ता क्रियाकलापहरु उहाँले गर्नुभयो । हामीले त्यसलाई रोक्न खोजेको हो ।’



प्रतिक्रिया दिनुहोस्