Logo

बाबुराम निवासमा जसपाका शीर्ष ६ नेताहरुको बैठक बस्दै



काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी, नेपालको शीर्ष नेता ६ नेताहरुको बैठक बस्दैछ । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको टोखास्थित् निवासमा बैठक केही बेरमा सुरु हुने बताईएको छ । बैठकमा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव, शीर्ष नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी हुनेछन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेबारे एकमतले निर्णय गर्ने बुझिएको छ । तर, अध्यक्ष यादव र भट्टराई भने विश्वासको मतको विपक्षमा मतदान गर्नुपर्ने अडानमा छन् ।

उता, अर्का अध्यक्ष ठाकुर भने अहिले पार्टी तटस्थ बस्नुपर्ने बताउँदै सोहीअनुसार निर्णय लिनुपर्ने पक्षमा उभिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा पनि अध्यक्ष ठाकुर र महतोले पार्टी तटस्थ बस्ने बताएका थिए । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot