Logo

कोरोना संक्रमितले खानामा यी ५ चीजमा ध्यान दिनुपने



एजेन्सी, २६ बैशाख । स्वस्थ हुनको लागि महत्वपुर्ण चीज आहार हो । यदि हाम्रो आहार राम्रो भएन भने समस्या त्यहीबाट निम्तन्छ । त्यसकारण स्वस्थ हुनलाई स्वस्थ भोजन गर्नु आवश्यक छ । वर्तमान समयमा नेपालमा कोरोना संक्रमणदर बढ्दो क्रममा भएकाले धेरै मानिसहरुमा के खाने भन्नेमा अन्यौलतामा छन् ।

आज हामी कोभिड संक्रमितले कस्ता चिज खाने, के गर्ने त्यसको बारेमा चर्चा गछौं । डब्लु एच ओ ले संक्रमित खाना खाने सम्बन्धमा पाँच टिप्स दिएको छ । जुन निम्नानुसार छन् ।

१. खाना बनाउनु भन्दा सबैभन्दा पहिला हात धुनुपर्छ ।
शौचालय गएपछि हात धुने । खाना बनाउने चुलो, भाँडा र कोठा राम्रोसँग सफा गर्नुपर्छ ।
भान्छा कोठालाई किरा, सांङ्ला जस्ता चिजबाट जोगाउनु पर्छ । चपिङ बोड, साप्ने कपडा, चक्कुमा साना–साना जीव बसेका हुन्छन् ।

२. काचो भोजन नखाने
काचो माछा मासु र अन्य खानपानबाट टाढा हुने । काचो खानेकुरा काट्दा अर्के भाँडा, चपिङ बोडको र चक्कुको प्रयोग गर्ने
तयारी खाना र काचो भोजनको बीचमा कुनै प्रकारको सम्पर्क हुन नदिने । विशेष गरी काचो भोजन मासु, माछामा खतरनाक सुक्ष्म जीव हुन्छन् । जसले पकाएर खाएपनि अर्को चीजलाई पनि संक्रमित गर्न सक्छन् ।

३.खानालाई राम्रोसँग पकाएर खाने
सुप र स्टु जस्ता चीजलाई ७० डिग्री सेल्सियस तापक्रम सुनिश्चत गर्ने, पकाएको खानालाई फेरी तताएर खाने ।
४.पकाएको भोजन २ घन्टा भन्दा धेरै राख्नुहुँदेन । चाडैनै खाने हो भने ५ डिग्रीको सेल्सियस कम ताफक्रममा फ्रिजमा राख्ने ।
खाना खाने समयमा ६० डिग्री सेल्सियसमा तातो गर्ने, फ्रिजमा धेरै समय खाना नराख्ने

५. सफा पानी पिउने
ताजा र पौीष्टक खाद्य सामाग्रीको प्रयोग गर्ने   स्रोतः बिबिसी



प्रतिक्रिया दिनुहोस्