Logo

संक्रमितको साहारा बन्दै सारा अलि खान



एजेन्सी, २६ बैशाख । बलिउड अभिनेत्री सारा अलि खान पनि कोरोना संक्रमितको सहयोगामा जुटेकी छिन् । साराले सामाजिक सञ्जालक मिडिया इन्फ्लुएन्सको प्रयोग गर्दै कोविड राहत प्रदान गर्दै आएकी छिन् ।

साराले संक्रमितलाई अक्सिजन खरिद गर्नका लागि सोनु सोदको च्यारीटि फाउन्डेसनलाई ठुलो धनराशीको रकम हस्तान्तरण गरेकी छिन् । सारालाई धन्यवाद दिँदै सोनु सुदले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग गरेको पुष्टि गरेका हुन् ।  सोनुले लेखेका छन्, ‘ सारा तपाई प्रति गर्व छ ।’ साराको योगदान देखेर युवाहरु पनि उत्साहित हुने उनले विश्वास गरेका छन् ।

साराले पनि सामाजिक सञ्जालमार्फत कोविड महामारीमा राहतको लागि आग्रह गर्दै पोस्ट गरिरहेकी हुन्छिन् । युवा अभिनेत्री कठिन समयमा समाजको लागि काम गरीरहेकी सारा हाल प्रेरणाकी श्रोत बनेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्