Logo

देउवा र प्रचण्डका लागि पार्टी चोइटाउने कृतशंकल्पित हुनेलाई पछुताउने समय भैहाल्छ नि : बाँस्कोटा



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टी फुटाउन खोज्नेलाई पछुताउने समय भैहाल्छ भन्ने टिप्पणी गरेका छन् । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले राजीनामा दिन लागेको खबर आएका बेला नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छनदेश,जनता र आफ्नो पार्टीका लागि नभएर नचाहिएको अत्तो थापेर अरुकै लागि कसैले हाराकिरी गर्छ।र, त्यसैलाई महान त्याग र ऐतिहासिक कदम मानिन्छ भने त्यस्तो महान कार्यमा छेकबारको प्रयास के कामरु देउवा र पुष्पकमलका लागि पार्टी चोइटाउन कृतशंकल्पित हुनेलाई पछुताउने समय भैहाल्छ नि।



प्रतिक्रिया दिनुहोस्