Logo

ब्राउन सुगर सहित २ जना पक्राउ



कञ्चनपुर, २६ बैशाख । अवैध लागूऔषध ब्राउन सुगर सहित २ जनालार्य प्रहरीले पक्राउ गरेको छ । दोधारा चाँदनी नगरपालिका–१ स्थित पक्की पुल नजिकबाट करिब १४ ग्राम ६९ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २ जना शनिबार बेलुकी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेम दत्त भट्ट र बेतकोट नगरपालिका-२ बस्ने ३२ वर्षीय केशब खत्री रहेका छन् । विशेष सूचनाको आधारमा म।२ प ७१०० नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्