Logo

प्रहरीमाथि अभद्र व्यवहार गर्दां…



सुनसरी, २६ बैशाख । प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ईनरुवा नगरपालिका–९ पोखरी चोकबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१० जाल्पापुर बस्ने २६ वर्षीय नजाम मिया र २७ वर्षीय शम्शेर मिया रहेका छन् । अस्थाई प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएको प्रहरीले मास्क नलगाई हिँडडुल गरेका मानिसहरूलाई सम्झाई बुझाई गर्नेक्रममा उल्टै प्रहरीलाई गालीगलौज तथा हातपात गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्