Logo

बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन शिलान्यास



काठमाडौं, २६ बैशाख । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनिबार एक कार्यक्रम बिच शिलान्यास गरेका छन् ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा उक्त भवन निर्माण गर्न लागिएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उक्त भवन १४१८१.६८ वर्गफिट क्षेत्रफलमा रहने तथा अनुमानित कुल लागत ३२ करोड रहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म बागमती प्रदेश (उपत्यका बाहेक) अन्तर्गत ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भइसकेका, १२ वटा प्रहरी ईकाई निर्माणाधिन र चालु आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भइसकेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्