Logo

१८अंकले नेप्से घट्दा ६ अर्बको कारोबार



काठमाडौैं, २६ बैशाख । साताको कारोबारको पहिलो दिन आज नेप्से १८ अंकले ओरोलो लागेको छ । आज ०.७० प्रतिशत अर्थात १८.५६ अंकले घटेर २६ सय १८ दशमलव ५६ विन्दुमा रोकिएको हो ।

त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि २.३१ प्रतिशतले घटेर ४७० दशमलव ७३ विन्दुमा झरेको छ । सबै उपसमुहको आज सुचक राताम्मै छन् । सबैभन्दा धेरै बैकिंङ समुहको ०.२ प्रतिशतले सुचक घटेको हो । नेप्से परिसुचक अनुसार आज २१९ कम्पनीको ७५ हजार ४६ पटक कारोबार भएर ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७ सय ७२ रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्