Logo

चीनमा भन्दा नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ४ गुणा बढी



काठमाडौं, २६ वैशाख । कोरोना भाइरसको उद्गमस्थित चीनको वुआन प्रान्तलाई लिइएको छ । सन् २०१९ को अन्ततिर चीनका पहिलो व्यक्ति कोरोना संक्रमित पत्ता लागेका थिए । त्यसपछि चीनमा कोरोना भाइरसको महामारी ह्वात्तै फेलियो ।

लकडाउन गरेर चीनले कोरोना महामारीलाई नियन्त्रणमा लियो । अहिले चीन बढी कोरोना भाइरसको संक्रमित भएका मुलुकहरुमा ९६औं स्थानमा छ । शुरुमा चीन लामो समय पहिलो स्थानमा रहेको थियो ।

विश्वकै सबैभन्दा बढी डेढ अर्ब जति जनसंख्या भएको चीनमा आजसम्म ९०७५८ जना कोरोना संक्रमित भेटिएका छन् । जमध्ये ४६३६ जनाको मृत्यु भएको छ । चीनमा सक्रिय संक्रमितहरुको संख्या ३०० सय मात्र छ ।

तर, भूगोल र जनसंख्याको हिसाबले चीनभन्दा निकै सानो नेपालमा कोरोना महामारी भयावह बन्दै गएको छ । जनसंख्याको हिसाबले चीनभन्दा नेपालको ४० गुणा कम छ । तर, कोरोना संक्रमितको संख्या चीनको भन्दा ४ गुणाले बढी छ । मृतक संख्या चीनकै हाराहारीमा पुग्दैछ ।

नेपालमा अहिलेसम्म ३८५८९० जना कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये ३६३२ को मृत्यु भएको छ । नेपालमा अहिले ८३४९३ सक्रिय संक्रमित छन् । यो संख्या नेपालको स्वास्थ्य क्षेत्रले धान्न नसक्ने खालको संख्या हो ।

सक्रिय संक्रमितको संख्या एक लाखको हाराहारीमा पुग्दा अस्पतालका शैया भरिएका छन् । अक्सिजनको अभाव भएको छ । कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधीहरुको अभाव भएको छ । रेम्डेसिभिरको कालो बजारी हुनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot