Logo

६ अर्बको कारोबार हुँदा यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्वि



काठमाडौं, २६ बैशाख । १८ अंकले नेप्से ओरोला लाग्दा केही कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । आज २१९ कम्पनीको ७५ हजार ४६ पटक कारोबार भएर ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७ सय ७२ रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको छ ।

आज समता लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सर्किट लागेको छ । यी कम्पनीका लगानीकर्ताहरुले ९.९९ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको शेयरमुल्य प्रतिकित्ता ७३ रुपैयाँले बढेको हो । त्यस्तै, रुरु जलविद्युत कम्पनीको आज ९.८२ प्रतिशतले सर्किट लागेको छ । कम्पनीको ४९ रुपैयाँले शेयरमुल्य बृद्वि भएको छ । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको ४.६४ प्रतिशतले सर्किट लागेको छ ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्