Logo

अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अक्सिजन कम्पनीहरुलाई हस्तान्तरण



कास्की, २६ बैशाख । कास्की प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट १ सय ८७ थान अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ बिभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई शनिबार हस्तान्तरण गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिँदै गईरहेको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव नहोस् भन्ने उद्देश्यका साथ कास्की जिल्ला अन्तर्गत विभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्याँस वेल्डिङ तथा अन्य कम्पनीहरूसँग रहेका सिलिन्डरहरू पछि सम्बन्धित संस्था तथा कम्पनीलाई नै फिर्ता गर्ने गरी संकलन गरी हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

साथै अन्य कम्पनी तथा व्यक्तिहरूसँग त्यस्ता अक्सिजन सिलिन्डरहरू छन् भने अक्सिजन उत्पादन कम्पनीलाई उपलव्ध गराई सहयोग गर्न समेत जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्