Logo

माधव नेपालसँग विष्णु पौडेल र सुवास नेम्वाङको सिंहदरबारमा वार्ता सुरु



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल आफू पक्षधर सांसदहरु लिएर राजीनामा दिन सिंहदरबार संसद सचिवालय गएपछि राजीनामा रोक्नको लागि अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङलाई खटाएका छन् ।

अहिले नेता नेपालसँग पौडेल र नेम्वाङले सिंहदरबारस्थित् शिक्षा समितिको हलमा वार्ता गरिरहेका छन् । उनीहरुले राजीनामा नदिनको लागि नेता नेपाललाई आग्रह गरेको बुझिएको छ । प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिन लागेका छन् ।

माधव नेपालसँग विष्णु पौडेल र सुवास नेम्वाङ वार्ता गर्दै, त्यसपछि ओली–नेपाल भेटवार्ता

त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले राजीनामा दिने बताएका छन् । उनीहरु अहिले संसद सचिवालयमा पुगिसकेको पनि बताईएको छ । पौडेल र नेम्वाङसँगको वार्ता सफल भए आजै प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता हुने एमाले उच्च स्रोतको दाबी छ । Photo Source: Binu Subedi



प्रतिक्रिया दिनुहोस्