Logo

अनुष्का र विराटद्वारा स्वास्थ्यकर्मी र फ्रन्टवर्कसको प्रंसशा



एजेन्सी, २६ बैशाख । बलिउड अभिनेत्री अनुष्का शर्मा र खेलाडी विराट कोहली सामाजिक सञ्जालमा धेरै सक्रिय छन् । आज उनीहरुले कारोना महामारीमा खटिरहेका फ्रन्टवर्कस र स्वास्थ्यकर्मीहरुको जमेर प्रंसशा गरेका छन् । अनुष्काले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै चुनौतिमा जुझिरहेको भन्दै प्रंसशा गरेकी हुन् ।

उनीहरुले देश निकै अफ्ठ्रो परस्थितिमा गुज्रिएको समयमा कोरोना भाइरसबाट सबै मानिसहरु दुःखी भएको भन्दै जोखिम उठाएर निरन्तर फ्रन्ट लाइनमा काम गर्नेहरुको सराहना गरेका छन् ।

अनुष्काले भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा काम गर्ने सबैलाई आभार व्यक्त चाहान्छौ म र विराटको तर्फबाट । उनीहरुको समर्पण प्रेरणादायी छ । हाम्रो लागि तपाईहरु साचो सिपाही हो । तपाईहरु सबैप्रति आभारी छौ ।’

विराटले पनि भिडियो शेयर गर्दै फ्रन्टलाइनमा काम गर्ने कामदारहलाई धन्यवाद दिएका छन् । उनले आफ्नो ज्यान जोखिममा पारेर धेरैको ज्यान बचाउने कोशिश गरेको भन्दै लेखेका छन्, ‘भारत तपाईहरु जस्ता नायकहरुलाई धन्यवाद दिन्छ ।’



प्रतिक्रिया दिनुहोस्