Logo

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ४० सांसद (सुचीसहित)



बुटवल, २६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । पोखरेलविरुद्ध ४० प्रदेशसभा सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् ।

प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने उल्लेख छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका १ जना प्रदेशसभा सांसद छन् ।

काँग्रेस सचेतक शर्माले अविश्वासको प्रस्तावमा प्रदेशसभाको कुल ७९ सांसदमध्ये बहुमत संख्या छ । उनले मुख्यमन्त्री पोखरेलले विश्वासको मत गुमाइसकेकोले राजीनामा गरेर नयाँ मुख्यमन्त्रीका लागि मार्ग खोल्नुबाहेक विकल्प नभएको बताइन् ।



प्रतिक्रिया दिनुहोस्