Logo

माधव नेपालसँग पौडेल र नेम्वाङको वार्ता सकियो, पौडेलले भने–‘कुरा पोजेटिभ भयो, तर सहमति भएन’



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग विष्णु पौडेल र सुवास नेम्वाङको वार्ता सम्पन्न भएको छ । सिंहदरबारमा भएको भेटवार्ता सकेर नेताहरु पौडेल र नेम्वाङ बाहिरिएका छन् । भेटवार्तापछि पत्रकार ऋषि धमलालाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पौडेलले भने–‘माधव कमरेडले आत्मघाती निर्णय गर्नुहुन्न भनेर हामीले भनेका छौं । अहिले कुरा पोजेटिभ भएको छ । तर, सहमति भएन ।’

नेता नेपाल पक्षधर सांसदहरु सामूहिक राजीनामा दिनेगरि सिंहदरबार संसद सचिवालयमा पुगेपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफ्नो विश्वास दूतहरुलाई सिंहदरबारमा पठाएका थिए । प्रधानमन्त्री ओलीले भोलि संसद सचिवालयमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा एमाले विभाजन रोक्नको लागि प्रयास भैरहेको छ । तर, अध्यक्ष ओली आफ्नो अडानबाट टसमस नभएपछि सहमति हुने सम्भावना सकिएको नेताहरुले बताउन थालेका छन् ।Featured- Photo Source: Binu Subdei/Twitter

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा नेता नेम्वाङले भने–‘आज राम्रै छलफल भयो । पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन ।’  नेम्वाङले माधव नेपाल र उनी पक्षधर सांसदहरुले राजीनामा दिनु भनेको आत्मघाती कदम हुने पनि टिप्पणी गरे । उनले भने,‘पार्टी एकता बचाउनको लागि प्रधानमन्त्री चिन्तित हुनुहुन्छ । राजीनामा दिने कुरा भनेको पार्टी र जनताको कुरा हो । जनतामा कसरी जानुहुन्छ ? हुन त माधव नेपालले राजीनामा दिने कुरा भन्नुभएको छैन् ।’ उनले आफूहरुसँगको भेटमा नेता नेपालले मिलेर जाऔं मात्रै भनेको पनि सुनाए । उनले थपे,‘उहाँले आज बटमलाईनको कुरा गर्नुभएन ।’

Rishi Dhamala with Subash Nembang/Mukunda Kalikote

 

 



प्रतिक्रिया दिनुहोस्