Logo

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा, अविश्वासको प्रस्ताव छल्ने रणनीति



पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् ।

भोलि अविश्वासको प्रस्तावउपर निर्णय हुने थियो । त्यसपूर्व उनले राजीनामा दिएर अविश्वासको प्रस्ताव छलेका हुन् । गुरुङको राजीनामा आजै स्वीकृत भइसकेको छ ।

गुरुङको राजीनामालगत्तै गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीको प्रक्रिया बढ्ने भएको छ । अब बहुमतका आधारमा मुख्यमन्त्री बन्ने दाबी प्रस्तुत हुने भएको छ । त्यो नभए सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले गुरुङ नै मुख्यमन्त्री हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot