Logo

अक्सिमिटर लुकाएर बढीमा बेच्दा…



पर्सा, २५ बैशाख । अक्सिमिटर कालोबजारी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पल्स जाँच गर्ने मेसिन अक्सिमिटर कालोबजारी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तिवारीले आफ्नै घरमा रहेको औषधि पसलमा १ हजार ९ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३ हजार ५ सय रुपैयाँ भन्दा बढी मूल्य लिई विक्री गरी कालोबजारी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै उक्त पसलबाट १२ थान अक्सिमिटर समेत प्रहरीले बरामद गरेको बताएको छ ।
उनी उपर कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्