Logo

बाबुरामको दाबी : आजको बैठकले ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ



काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरुले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको स्पष्ट पारेका छन् । आज बसेको पदाधिकारी बैठकको निर्णय सेयर गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् । उनले प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न योगदान गर्न आग्रहसमेत गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ। सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न,देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं!’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्