Logo

सिंहदरबारबाट योगेश भट्टराईले भने : ‘भोलि फाईनल हुन्छ, सहमति नभए राजीनामा दिने निर्णय भयो’



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) को माधव नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि विहान ९ बजेसम्म कुर्ने भएको छ । तर, भोलि विहान ९ बजेसम्म पनि सहमति नभए आफूहरु सामूहिक राजीनामा दिने निर्णयमा पुगेको सांसद योगेश भट्टराईले जानकराी दिए ।

नेपाल पक्षधर सांसदहरुको आज साँझ सिंहदरबारमा बसकेो बैठकलगत्तै पत्रकारहरुलाई जानकारी दिँदै उनले भने,’पार्टीलाई २०७५ जेठ २ गतेको पार्टी संरचनामा फर्काउने र सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने मुख्य दुई विषयमा सहमति भयो भने हामी विश्वासको पक्षमा मतदान गर्छौं, तर, सहमति भएन भने हामीले राजीनामा दिने निर्णय भएको छ।’ उनले अब सबै कुरा भोलि नै फाईनल हुने पनि जानकारी दिए।

Photo Source: Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्