Logo

माधव नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटम सकियो, आउला त सामूहिक राजीनामा ?



काठमाडौं, २७ बैशाख । पार्टी एकता कायम राख्नको लागि नेकपा (एमाले) माधव कुमार नेपाल पक्षले दिएको अल्टिमेटम सकिएको छ । हिजो राति अवरेसम्म माधव पक्षधर नेताहरुको सिंहदरबारमा बसेको बैठकले सहमतिको लागि आज विहान ९ बजेसम्म कुर्ने निर्णय गरेको थियो । तर, अहिले ९ बजिसक्दापनि अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग वार्ताको लागि कुनै चासो नदेखाएको बुझिएको छ ।

हिजो मध्यराति नेता नेपालले पार्टी एकता कायम गर्नको लागि आग्रह गर्दै अध्यक्ष ओलीसमक्ष ६ बुँदे माग अघि सारेका थिए । तर, बालुवाटारले माधव नेपालको पत्रमा खासै रुची नदेखाएको स्रोतले दाबी गरेको छ । प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने बताउँदै आएका छन् ।

नेपालनिकट एक सांसदले दिएको जानकारीअनुसार उनीहरु सामूहिक राजीनामाको लागि सिंहदरबार संसद सचिवालयमा जाने क्रम छ । हिजो नै नेता योगेश भट्टराईले सहमतिको लागि आज ९ बजेसम्म कुर्ने र ९ बजेसम्मपनि सहमति नभए सामूहिक राजीनामा दिने बताईसकेका छन् । विश्वस्त स्रोतकाअनुसार प्रत्यक्ष निर्वाचित र समानूपातिक गरि ३२ जना सांसदले आज राजीनामा दिने तयारी छ । File Photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्