Logo

राजीनामा दिनेगरि माधव नेपाल पक्षधर सांसदहरु सिंहदरबारमा भेला



काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु सामूहिक राजीनामा दिनेगरि सिंहदरबार पुगेका छन् । धेरैजसो सांसदहरु सिंहदरबार पुगिसकेको र केही जाने क्रम रहेको एक नेताले बताए ।

ती नेताले आफूहरुले पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाएको र अन्तिमसम्म पनि पर्खिएको तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको लागि कुनै चासो नदेखाएकोले बाध्य भएर राजीनामा दिनेगरि सिंहदरबार आईपुगेको बताए ।

नेपाल पक्षले आज विहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, अध्यक्ष ओलीले नेपाल पक्षसँग सहमति गर्न खासै रुचि नै देखाएनन् । त्यसैले उनीहरु अब सामूहिक राजीनामा दिने तयारीमा जुटेका छन् ।

विश्वस्त सूत्रकाअनुसार नेपाल पक्षका ३२ जना सांसदले (प्रत्यक्ष निर्वाचित र समानुपातिक) ले आज राजीनामा दिने भएका छन् । प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै उनीहरु सामूहिक राजीनामा दिने तयारीमा जुटेका हुन् । नेता नेपालले अब नयाँ पार्टी निर्माण गरेर जानुपर्नेबारे हिजै सांसदहरुलाई ब्रिफिङ गरिसकेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्