Logo

राजीनामा दिन सिंहदरबार पुगेका रावलले भने–‘हाम्रो हर प्रयास सुनिएन*, अब पार्टी औपचारिक रुपमा विभाजन भयो’



काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का माधव नेपाल पक्षधर सांसद झपट रावलले आफूरुले पार्टी एकताको लागि हर प्रयास गरेको भएपनि त्यो सुनुवाई नभएको बताएका छन् । र, पार्टी आजबाट औपचारिक रुपमा विाभजन भएको पनि उनको भनाई छ ।

राजीनामा दिनेगरि सिंहदरबार पुगेका सांसद रावलले भने–‘हाम्रो हर प्रयास पनि सुनिएन, अब पार्टी औपचारिक रुपमै विभाजन भयो ।’ माधव नेपाल पक्षधर सांसदहरु संयुक्त रुपमा राजीनामा दिनेगरि सिंहदरबार भेला भइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षले राजीनामा दिन लागेको हो । तस्विर मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्