Logo

सांसदको रुपमा अन्तिमपटक संसद सचिवालयमा माधव नेपाल, केहीबेरमा राजीनामा (फोटोफिचर)



काठमाडौं? २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु सामूहिक राजीनामा दिन संसद सचिवालय पुगिसकेका छन् । सिंहदरबारस्थित् संसद सचिवालयमा नेपाल पक्षधर सांसदहरु पुग्ने क्रम जारी छ । वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, झपट बहादुर रावल लगायत सांसदहरु संसद सचिवालय भवन पुगिसकेका छन् ।

उनीहरुले आजै सामूहिक राजीनामा दिने भएका हुन् । पार्टी एकताको लागि हदैसम्मको लचकता प्रस्तुत गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले एकता नचाहेकोले आफूहरु राजीनामा दिन बाध्य भएको झपट रावलको प्रतिक्रिया छ । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम