Logo

माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेबेलामा प्रचण्ड पुगे सिंहदरबार



काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेगरि सिंहदरबारमा छलफलमा छन् । उनीहरुले अहिले केही बेरमा सामूहिक राजीनामा दिँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सबै सांसदले राजीनामा दिन लागेका हुन् । यसअघि नेपाल पक्षले आज विहान ९ बजेसम्मको लागि अल्टिमेटम दिएको थियो । तर, अध्यक्ष ओलीले नेपाल पक्षलाई यो अवधिमा कुनै रेस्पोण्ड नै गरेनन् ।

नेपाल पक्षका सांसदहरु राजीनामा दिनेगरि आन्तरिक छलफलमा जुटेकै बेलामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र वर्षमान पुन लगायतका नेताहरु पनि संघीय संसद सचिवालयको भवन नम्बर २ मा रहेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा पुगेका छन् ।

प्रचण्ड दलको बैठकको लागि सिंहदरबार पुगेको बताईएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि त्यसबारेमा दलको बैठकबाट निर्णय लिन उनी सिंहदरबार पुगेका हुन् । माओवादी केन्द्रले यसअघि नै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । File Photot/ReportersNepal



प्रतिक्रिया दिनुहोस्