Logo

राजीनामा दिन रेडी अवस्थामा रहेका माधव नेपाललाई ओलीको अन्तिम आग्रह : आउनुस्, केही समस्या भए सँगै बसौं



काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भन्दै हतारमा कुनै पनि अनुचित निर्णयमा नजान आग्रह गरेका छन् । माधव नेपाल पक्षधर सांसदहरु राजीनामाको लागि सिंहदरबारमा जुटेको बेला प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका हुन् । उनले आपसी छलफलबाट नै समाधान खोज्न सकिने विश्वास दिलाएका छन् ।

ओलीले लेखेका छन्-नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।”



प्रतिक्रिया दिनुहोस्