माधव नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न : आजको संसद् बैठकमा अनुपस्थित् हुने निर्णय


काठमाडौं, २७ बैशाख । सामूहिक राजीनामा दिनेगरि छलफलमा जुटेका नेकपा (एमाले) का माधव नेपाल पक्षधर सांसदहरु अन्तिममा यो निर्णयबाट पछि हटेका छन् । सिंहदरबारमा बसेको सांसदहरुको बैठक भर्खरै सम्पन्न भएको छ । उक्त बैठकले आजको संसद् बैठकमा उपस्थित् नहुने निर्णय गरेको एक सांसदले जानकार दिए ।

माधव नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटम सकियो, आउला त सामूहिक राजीनामा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले राजीनामा दिने घोषणा गरेका थिए । तर, सांसदहरुबीच मत विभाजित हुँदा तत्काल सामूहिक राजीनामा रोकिएको उच्च स्रोतको दाबी छ । तर, यो समूहले प्रधानमन्त्री ओलीको पक्षमा विश्वासको मत पनि नहाल्ने बरु अनुपस्थित् हुने निर्णय गरेको छ । सामूहिक राजीनामा दिने वा संसद् बैठकमा अनुपस्थित् हुने ? के गर्ने भन्नेबारे अन्तिम निर्णय लिन नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक जारी छ । Photo By: Mukunda Kalikote/ReportersNepal

Related News:

रामकुमारी झाँक्रीले रुँदै भनिन् :ओलीले हामीलाई ढोका बन्द गर्नुभयो, एमालेमा स्मृतिका लामा पाना छन् (भिडिओसहित) 

माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेबेलामा प्रचण्ड पुगे सिंहदरबार 

राजीनामा दिन सिंहदरबार पुगेका रावलले भने–‘हाम्रो हर प्रयास सुनिएन*, अब पार्टी औपचारिक रुपमा विभाजन भयो’ 

सांसदको रुपमा अन्तिमपटक संसद सचिवालयमा माधव नेपाल, केहीबेरमा राजीनामा (फोटोफिचर) 

ओली अडानबाट पछि हटेनन्, एमाले फुट्ने निश्चितप्रायः 

राजीनामा दिनेगरि माधव नेपाल पक्षधर सांसदहरु सिंहदरबारमा भेला