Logo

२० दिनका नवजात शिशु कोरोना संक्रमणमुक्त



एजेन्सी, २७ बैशाख । भारतको चन्डीगढमा एक बालक जन्मिएको २० दिनमा कोरोना संक्रमित भएका थिए । उनलाई उच्च ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो । बालक आमाको दुध पिउन सक्ने अवस्थामा थिएनन् । आमाको दुध दुहेर खुवाउनु पर्थ्यो ।

उनको उपचार सुरु भएको १० दिन पछि सक्रमण मुक्त भएको रिपोर्ट आएको छ । बालकलाई पंजाब इस्टिच्युट अफ मेडिकल साइन्सले नेगेटिभ रिपोर्ट दिएर डिस्चार्ज गरेको हो ।
खुशी हुँदै बालकको बाबु गुरदिपले आफ्नो प्राथना भगवानले सुुनेको बताएका छन् । उनले घरमा कोही संक्रमित नभएपनि बच्चा कसरी संक्रमित भयो भन्नेमा अझैपनि स्पष्ट नभएको उल्लेख गरे । बच्चाको हजुरबुवा कुलविन्दर कौरले इश्र्वरको कृपाले नाति घरमा फर्किएको र चिकित्सकहरु राम्रो हेरचाह गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्