काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले ह्वीप उल्लङ्घन गर्ने सांसदहरुलाई विधानअनुसार कारबाही गर्ने बताएका छन् । आफ्नै पार्टीका माधव कुमार नेपाल पक्षधर सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेगरि बैठकमा अनुपस्थित् हुने निर्णय गरेपछि प्रमुख सचेतक भट्टराईको यस्तो भनाई आएको हो ।
प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिँदै, एमालेले सांसदहरुलाई ह्विप जारी गर्यो
भट्टराईले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा अघिल्लो दिन नै आफ्ना सांसदहरुलाई व्यक्तिगत रुपमा पत्र लेखेर विश्वासको पक्षमा मतदान गर्न निर्देशन दिईसकेका छन् । तर, नेपाल पक्षधर सांसदहरुले आज बैठक राखेर आजको संसद बैठकमा उपस्थित् नहुने निर्णय गरेका थिए । File Photo/ReportersNepal




प्रतिक्रिया