Logo

माधव नेपाल पक्षधर तीन नेतासँग विष्णु पौडेल छलफलमा, सहमतिको प्रयास जारी



काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) को विभाजन रोक्नको लागि विष्णु पौडेल अन्तिम प्रयास भन्दै माधव नेपाल पक्षधर सांसदहरुसँग छलफलमा जुटेका छन् । सिंहदरबारमा माधव नेपाल पक्षधर नेताहरु घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग नेता पौडेल छलफलमा बसेका छन् ।

माधव पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने निर्णयबाट पछि हटेपनि आजको संसद बैठकमा उपस्थित् नहुने निर्णय गरेको छ । सो लगत्तै, नेता पौडेल प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर माधव पक्षधर तीन नेतासँग छलफलमा बसेका छन् । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot