Logo

सिंहदरबार देउवा–प्रचण्ड भेटवार्ता जारी, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल



काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही बेरमै सदनमा विश्वासको मत लिँदैछन् । कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलाई विश्वासका मत नदिने निर्णय गरिसकेका छन् ।

तर, आजको देउवा–दाहाल भेटवार्तामा भने प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे पनि छलफल भएको बुझिएको छ । यसअघि सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकमा समेत प्रधानमन्त्री ओलीले राजीनामा नदिए आजै अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल गरेको थियो ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम