Logo

काठमाडौंमा मात्रै १ लाख ४४ हजार संक्रमित



काठमाडौं, २७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा आइतबार सम्म ३ लाख ९४ हजार ६६७ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ३ लाख २ हजार ७८७ जना संक्रमण मुक्त भएका छन् । नेपालको यो निको हुने दर ७६ दशमलव ७ प्रतिशत हो ।

हाल देशभर ८८ हजार १६० जना आइसोलेशनमा बसेका छन् भने ४१९ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म २६ लाख ३४ हजार ५०४ जनाको पिसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

आइतबार मात्रै ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ । भने ८८ जनाको निधन भएको छ । ४ हजार २२ जना संक्रमणमुक्त भएका छन् ।

 

हालसम्म काठमाडौं जिल्लामा मात्रै १ लाख ४४ हजार ९५ संक्रमित रहेको मन्त्रलायले जनाएको छ । संक्रमित मध्ये ८७ हजार १६२ जना पुरुष र ५७ हजार ८३३ जना महिला रहेका छन् ।


त्यस्तै, ललितपरमा २४ हजार २२० जनामा सक्रमण पुष्टि भएको छ । जसमध्ये १३ हजार २४८ जना पुरुष र १० हजार ९२७ जना महिला रहेका छन् । भक्तपुरमा १४ हजार १०३ जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । जसमध्ये ७ हजार ७५५ जना पुरुष र ६ हजार ३४८ जना महिला संक्रमित रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्