Logo

विष्णु पौडेलसँगको वार्तापछि योगेशको प्रतिक्रिया : ‘हामी एकताको पक्षमा छौं, तर विश्वासको पक्षमा मत हाल्दैनौं’ (भिडिओसहित)



काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षधर नेता योगेश भट्टराईले पार्टी एकताको प्रयास जारी नै रहेको बताएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता विष्णु पौडेलसँगको भेटवार्तापछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,‘पार्टी एकता कायम गर्ने विषयमा छलफल भएको छ । वार्ता सकारात्मक छ ।’

उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने आफूहरुको आज विहानको निर्णय भने यथावत रहेको पनि बताए । उनले भने,‘हाम्रो निर्णय भइसकेको छ । अन्तिमसम्म पार्टी एकता जोगाउन जोगाउन प्रयास गर्छौं । छलफल सकारात्मक छ ।’



प्रतिक्रिया दिनुहोस्