Logo

सिलौटो प्रहार गरी श्रीमतीको हत्या



सर्लाही, २७ बैशाख । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ परेका छन् । श्रीमती ३२ वर्षीया उशादेबी कर्णको हत्या गरेको अभियोगमा हरिवन नगरपालिका(११ डेरा गरी बस्ने लालबन्दी नगरपालिका–२ नवलपुर पुनर्बास घर भएका ३५ वर्षीय बिजयलाल कर्णलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बिबाद हुँदा बिजयलालले सिलौटोले टाउँकोमा प्रहार गर्दा उशादेबीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्