Logo

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ



बर्दिया, २७ बैशाख । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक युवक पक्राउ परेका छन् । राजापुर नगरपालिका–४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका–१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्रहरीले बरामद गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्