Logo

प्रधानमन्त्री ओलीको प्रश्नः नभएका कनेक्शन देखाउने, कीर्ते काममा सरिक हुने ?



काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा आलीले भ्रष्टाचारमा नभएका कनेक्शन देखाउने गतिविधि भइरहेको बताएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मतका लिनुअघि बोल्दै उनले कोभिड १९ को भ्याक्सिन खरिद प्रकरणमा नभएका कनेक्शन देखाएको बताएका हुन् ।

‘हीलो छ्याप्ने नभएका कनेक्शन देखाउने ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे । उनले कोभिड महामारीको बेलामा भ्रष्टाचार गर्नेहरुलाई छुट नहुने बताए । छानविन गरी कडा कारबाही गर्ने समेत बताए ।

भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड नामको भ्याक्सिन खरिदमा कमिशनको खेल भएको र प्रधानमन्त्री ओली समेत संलग्न भएको विषय उठेपछि उनको पछिल्लो अभिव्यक्ति आएको हो ।

ओलीले नभएको हस्ताक्षरको कुप्रचार गरिएको समेत बताए । भारतको गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग संयुक्त हस्ताक्षर गरेको भनिएको पत्र सार्वजनिक गर्नेतर्फ संकेत गर्दै भने, ‘ कीर्ते काममा यतिसम्म सरिक हुने ?’-तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्